मधेशआन्दोलनका सहीद सत्रुधन पटेलको पाँचौ स्मृति दिवस सम्पन्न

५ years अगाडी teraibulletin

मधेशआन्दोलनका सहीद सत्रुधन पटेलको पाँचौ स्मृति दिवस सम्पन्न

पर्सा l सहीद सत्रुधन पटेलको ५ औ स्मृति दिवस एक कार्यक्रमको विच सम्पन्न भएको छ l बी.स २०७२ साल असोज ३ गते सरकारले जारी गरेको संविधानको बिरुद्धमा पर्साको सदरमुकाम बीरगंजमा आन्दोलन तथा प्रदर्शन गर्न हजारोको संख्यामा आएका ब्यक्तिहरू संगै आफ्ना पनी अधिकार खोजन आउनु भएको पटेललाई प्रहरीको गोली लागी मृत्यु भएको थियो l

पटेलको समझ्नामा आज जनता समाजवादी पार्टी पकहामैनपुर गाउपालिकाम इकाई कमिटीले एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएको हो l सहीद पटेलको शालिकमा सांसद लक्ष्णलाल कर्णले माल्यारपण गरि कार्यक्रम को उद्घाटन गर्नु भएको थियो ।

बिनोद महतोको अध्यक्षतामा भएको कार्यमक्रममा पर्सा क्षेत्र नमबर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्णलाल कर्ण ,क्षेत्र नम्बर तिनका निलम्बित सांसद हरीनारायण रौनियार ,पर्सा ३(ख) को प्रदेश सभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, बीरगंज महानगरपालिकाका मेयर  बिजय कुमार  सरावगी, पकहा मैनपुर गाउपालिका अध्यक्ष बिजय चौरसिया, उपाध्यक्ष कुशुमी देवी, जनता समाजवादी पार्टी पर्सा अध्यक्ष रामनरेश यदव,राजेशमान सिंह , ससिकपुर मिया,अधिवक्ता सुरेन्द्र कुर्मी, सल्लाउद्धिन अहमद लगायत को उपस्थिति  रहेको थियो l

:-मुलुकमाँ परिवर्तन भयो तर सहिका परिवारलाई कोही हेरेन्न

मुलुक लोकतन्त्र गणतन्त्र हुदै संघीयमाँ आई तिन तहका सरकारले देशलाई चलाउदै छन l मुलुकले स्थानीय , प्रदेश , र संघीय सरकार पाए तर देशलाई संघियतामा ल्याउन आफ्ना बलिदानी दिएका पटेल जस्तो कती सहीदले अहिले सम्म उचित सामान पाएका छैन्न l

मलाई जिताए म सहीद भएकालाई उचित मूल्यांकन गरी कक्षतिपूर्ति सरकार संग दिलाउनुको साथै मधेशको मागलाइ सम्बोधन गर्न सरकारलाई दबाव दिने भनेर सहीदको नाउमा भोटको खेती गरी  चुनाव जीती केन्द्रमा पुग्दा आ-आफ्नै कुर्सीको लागी तल्लीन भएको सहीद परिवारहरू बताउदै आज दुःख पोखेका छन l मधेश केन्द्रित नेता नजितेका होइन्न भने कुरा छैन एता पर्साको चार वाटै क्षेत्रबाट मधेशी पार्टीका नेता नै जीते भने प्रदेश दुईको आठ जिल्लाबाट पनी मधेशम प्रति गर्छु भन्नेहरू पनी जीते तर सहीदको मुदा जहाको त्यही रह्यो l

कती सहीद परिवारलाई रोजगारी दिन्छु भनेको नेता चुनाव जीते सरकारमा गए तलब भाता खाए तर मधेश आन्दोलनमा बीरगती प्राप्त गरेका सहिदका परिवारलाई रोजगारीको कुरा त परै जाओस हालसमाचार सम्म कोही सोधन नआएको सहीद परिवारले गुनासो गरेका छन l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?