पर्सा ३ असोज समाज –संविधान दिवसको दिन बारामा कालो दिवस मनाइएको छ l बाराको सदरमुकाम कलैया चौकमा जनता समाजवादी पार्टीले शनिबार दिउसो २:३० बजे कलैयाको जानकी मन्दिरबाट निकालेको बिरोध र्याली कलैया बजारको बिभिन्न भागलाई परिकर्मा गरी कलैयाको भरत चौकमा पूगी बिरोध साभामा परिणत भएको थियो l
बिरोद्ध सभाको सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता श्याम प्रसाद गुप्ताले संविधानमा रहेको अपूर्ण प्रावधानको बारेमा चर्चापरिचर्चा गर्नु भएको थियो l बिरोध रैलिमा कलैया अस्पतालमा अहेब पदमा जुब्रेस पासवान समेत लगायत बाराको विभिन्न स्थानीय तहमा कारार दरबन्दीमा कार्यरत कर्मचारीहरुको सहभागिता थियोे रैलिमा जानता सामजबादी नेपालका जितेन्द्र सिंह , देवताल गाउँ पालिकाका अध्यक्ष चन्दन सिंह , शिवनाथ पटेल प्रयाग राय यादव रमेश यादव अरुण सिंह सन्तोष पटेल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो l