कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

५ years अगाडी teraibulletin

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं ४ असोज – कोरोनाको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं। २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भयो । उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?