काठमाण्डाै
कोरोना भाइरसको महामारीका बीच इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ शृङ्खला संयुक्त अरब इमिरेट्समा सुरु भइसकेको छ । टी–२० लिगको दोस्रो खेलमा आइतबार दुबईमा दिल्ली क्यापिटल्स र किङ्ग्स इलेभन पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति सवा ८ बजेपछि सुरु हुनेछ । यी दुवै टिम पहिलो खेलमा जित दर्ता गर्दै प्रतियोगिताको राम्रो सुरुवात गर्न चाहन्छन् र यसका लागि आफ्ना उत्कृष्ट ११ खेलाडीका साथ मैदानमा उत्रिन चाहन्छन् ।दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन् । यसैबीच शनिबार भएको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इण्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।