काठमाडौं ५ असोज –नेकपाले तय गरेको सोमबारको बैठक स्थागीत गरेको छ l सोमबार दिउसो एक बजेको लागी बोलाएको बैठक स्थगित गरिएको नेक्पाको सचिवालयले जनाएको छ l नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्टका अनुसार आज स्थगित भएको बैठक भोली मंगलबार मध्यान १२:३० बजेको लागी डाकिएको छ l
हिजो आइताबारको बैठा पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो।बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेछ भने संवैधानिक आयोगका पदाधिकारी चयनबारे पनि टुंगो लगाउने कार्ययोजना रहेको थियो । हिजोबाट सुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने गरी टुंगिएको थियो ।