पर्सा ५ असोज –पर्सामा प्याजको अधिकतम बिक्रीवितरण मूल्य तोकिएको छ । प्याज अबदेखि प्रतिकिलो थोकमा ६५ र खुद्रामा ७५ रुपैंया भन्दा बढी बिक्री गर्न नपाइने जिल्ला प्रशासन कार्यलय पर्साले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र सरोकारवालाहरु बीचको बैठकले हालको लागि प्याजको यस्तो मूल्य निर्धारण गरेको हो ।
बैठकमा भएको निर्णय अनुसार सो मूल्य भन्दा बढी लिई कसैले बिक्री वितरण गरेको पाईएमा कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । साथै, यदि कही कतै प्याज, आलु तथा अन्य खाद्य पदार्थहरुको कालोबजारी गरेको देखेमा र पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ।