काठमाण्डाै ५ असोज – भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ ।केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । भारतमा यस्ता पुराना घरहरू बर्षेनी भत्कने गरेको कारण अकालमै हजारो ब्यक्तिको मृत्यु हेने गरेको भारतीय सरकारको तथ्यांकले देखाउछ l