काठमाण्डू ६ असोज –कोरोना संक्रमणबाट ग्रसित भएका एक कैदी बंदिको उपचारको क्रममा वीरअस्पतालमा मृत्यु भए पछि उनका आफन्तहरुले अस्पतालको अगाडी प्रदर्शन गरेका छन l केन्द्रीय कारागारमा जेल सजाय भोगी रहेका कर्तव्य ज्यान मुद्दामाका ६३ वर्षका रामलखन जैसवाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि अशोज ३ गते वीर अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा सोही दिन निधन भयो ।
स्वाब संकलन गरी भएको पीसीआर परीक्षणको रिपोर्टमा सोमबार बेलुका कोरोना पोजेटिभ आएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । जन्मकैदको सजाय भोगिरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिकाका जैसवाल मिर्गौलाका रोगी थिए । उनको डायलासिस पनि हुँदै आएको थियो ।
२०८९ सालमा जेलमुक्त हुने थिए उनी । उनको परिवारका सदस्यले भने जेलमै उनको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । परिवारका सदस्यसँग कुरा भइरहेको जेलर बाँस्कोटाले बताएका छन् ।केन्द्रीय कारागारमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ।