बीरगंजमा सामुदायिक बिद्यालयको शिलान्यास

५ years अगाडी teraibulletin

बीरगंजमा सामुदायिक बिद्यालयको शिलान्यास

पर्सा ६ असोज –पर्साको बीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले मंगलबार आठ कोठे भवनसहितको सामुदायिक बिद्यालयको शिलान्यास गर्नु भएको छ l नगरको वडा नम्बर १ का दलित,असाहय,गरीब बिपन्न समुदायको लागी एक कार्यक्रमको बिच शिलान्यास गरिएको हो l

बिद्यालयको निर्माण भएर सन्चालनमा आएपछि त्यस क्षेत्रका बालबालिकाहरू लाभ लीन सकने बिद्यालय निर्माण समितिका अध्यक्ष रबिन्द्र महतो कोइरीले बताउनु भयो l शिलान्यास कार्यक्रमका प्रमुख अतिथी महानगरपालिकाका मेयर बिजय सरावगीले उत्त निर्माणकार्यको पुजामा सरिक भएर पहिलो इटा मसला जोडेर निर्माण कार्यको प्रकृयालाई अगाडी बढाउनु भएको छ। साथै सर्वसहमतिबाट उत्त बिधालयको नामाकंरण गायत्री आधारभुत्त बिधालय राख्ने निर्णय समेत भएको छ ।

बुधालय निर्माण पश्चात आबश्यक बेन्च ,ड्रेसको लागी चाहिने कपडा समेत दिने प्रतिबद्धता मेयरले ब्यत्त गर्नुभयो । शिलान्यास कार्यक्रममा मुकेश दुबेद्दि,दिनेश साह,पिन्टु उपध्याय, बंशिधर गुप्ता,रबिन्द्रनाथ तिवारी,प्रेम साह,राजकुमार साह,रामरेखा पटेल,दिनेश चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?