काठमाडौँ ६ असोज –मेडिकल शिक्षा सुधारको माग राखेर १९ औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा युवाहरुले बुधबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । काठमाडौँको त्रिचन्द्र कलेज अगाडि युवाहरुले डा. केसीको समर्थनमा प्रदर्शन गरेका हुन् । उनीहरुले डा. केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । डा. केसी १९ औँ सत्याग्रहमा बसेको बुधबार १० दिन भइसकेको छ। तर सरकारले उहाको अनशनबारे कुनै वास्ता गरेको छैन ।
जुम्लामा अनशन बसेका डा. केसीलाई मंगलबार काठमाडौँ ल्याएको थियो । उहा अहिले शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बस्नु भएको छ । यसअघि मंगलबार जबरजस्ती उहालाई प्रहरीले ट्रमा लगेपनि त्यसको केही घण्टामै डिस्चार्ज गरिएको थियो ।