पहिरोका कारण देशका बिभिन्न ठाउमा मानवीय र भौतिक क्षति

५ years अगाडी teraibulletin

पहिरोका कारण देशका बिभिन्न ठाउमा मानवीय र भौतिक क्षति

काठमाण्डू ८ असोज  –पहिरोले देशको बिभिन्न ठाउमा भौतिक क्षति संगै मानवीय क्षति भईरहेको छ l स्याङ्जाकोवालिङ नगरपालिका वडा नम्बर १४ माँ माया परियारको घर पहिरोले पुरिदा घर भित्र रहेका १० जनामध्ये एक जनाको शव निकालिएको छ भने एक जनालाई उद्धार गरिएको छ र अरु आठ जना त्यही भित्र पूरिएको हुदा उद्धार गगर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ l

यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतमटोलमा पहिरोले घर भत्काउँदा घर भित्र  सुतिरहेको बाबुराम परियारका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ ।

यसै विच पाल्पाको दुई ठाउँमा पहिरोले घर पुरिंदा ६ जना बेपत्ता भएका छन् ।रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उहाँकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएका स्थानीयले बताएका छन् । घटनाबारे थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

यस्तै रम्भा गाउँपालिका दुईकै सुरुङ डाँडामा पहिरोले घर पुरिँदा अर्की एक महिला बेपत्ता भएकी गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । उनीहरुको खोजी भइरहेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?