हेटौंडा ८ असोज –मकवानपुरमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १० मेन रोडमा रहेको होटल लिडो इनमा झुण्डिएको अवस्थामा एक युवक झुण्डिएको अवस्थामा फेला परेको हो ।काठमाडौंका २७ वर्षीय सुरज केसीको झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । अस्ति असोज ६ गते मंगलबार हेटौंडा आएर लिडोमा बसेका केसी बुधबार साँझ साढे ६ बजे झुण्डिएको अवस्थामा फेला परेको उहाले बताउनु भयो l
मृतकको परिवारलाई घटनाबारे जानकारी गराएको र अहिले काठमाडौंबाट आफन्त आउन लागेकाले उनको शव कोठामै रहेको प्रवक्ता रानाले बताउनु भएको छ । परिवारसंग सोधपुछ र पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्न सक्ने उहाले बताउनु भएको छ l