कोरोना संक्रमणबाट थप दुई जानाको मृत्यु

५ years अगाडी teraibulletin

कोरोना संक्रमणबाट थप दुई जानाको मृत्यु

पर्सा ९ असोज –पर्सामा कोरोना संक्रमणबाट जिल्लाको पोखरिया नगरपालिका १ निवासी ७७ वर्ष पुरुषको वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिनु भयो ।

डाक्टर हुसैनका अनुसार उनलाइ असोज ७ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको र स्वाब संकलन गरि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई थप उपचारको लागि नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो ।मुटु र मिर्गौलाको समस्याबाट पीडित उनलाइ उपचार गर्न भेन्टिलेटरमा समेत राखिएको थियो । यो सँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

यसै विच बाँकेमा कोरोना संक्रमणका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। स्वाथ्यमा समस्या आएपछि उनि असोज ६ गते अस्पतालमा भर्ना भएका थिए। ७ गते कोरोना संक्रमण पुष्टि भएको उनको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार निमोनिया र उच्च रक्तचापको समस्या पनि रहेको थियो।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?