तत्काल बिद्यालय खुल्दैन शिक्षामन्त्री पोखरेलको भनाई

५ years अगाडी teraibulletin

तत्काल बिद्यालय खुल्दैन शिक्षामन्त्री पोखरेलको भनाई

काठमाण्डू १० असोज – तत्काल बिद्याल नखोलन शिक्षा , विज्ञान तथा प्रबिधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनु भएको छl कोभिड १९ को जोखिम कायमै नै रहेकोले बिद्यालय खोल्नु भन्दा बेस वैकल्पिक सिकाई प्रणालीलाई प्राथमिकता दिन समेत उहाले आग्रह गर्नु भयो l

शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गर्नु भएको हो ।

मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन दिएको बताउनु भएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?