बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिने पक्राउ

५ years अगाडी teraibulletin

बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिने पक्राउ

धनुषा १० असोज –बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ । पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिने सत्यनरायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनु भयो । यादवलाई शनिबार बिहान पक्राउ गरि अनुसन्धान भइरहेको बस्नेतले  बताउनु भयो  ।

धनुषा, सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीको सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका–२ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारबाही प्रक्रिया अगाडि नबढाउन धम्की दिएका थिए ।

बलात्कार आरोपमा प्रहरीको खोजी सूचीमा रहेका छोरालाई बचाउन यादवले बलात्कृत किशोरी र उनका बुबा आमालाई मिल्न धम्की दिँदै आएका थिए ।गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुबा र आमलाई पैसा लिएर घटना मिलाउन दबाब दिने यादवलार्ई पक्राउ गरी इलाका प्रहरी कार्यालय धनुषाधाममा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो ।

धनुषाधाम सयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरे किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर किशोरीलाई करिब ३ किलोमिटर पर धान खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मद्धा चलाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?