प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा.शाहलाई कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा.शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं १० असोज – प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ l त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहनु भएकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराउनु भयो । ‘

केही दिनदेखि कोरोनासँग मिल्ने लक्षण देखिएको थियो’ उहाले पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसिरहेको बताउनु भयो । शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताउनु भएको छ । ‘लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट नभएको उहाले बताउदै मसँग भेटेका अन्यलाई जानकारी गराइसकेको बताउनु भयो ।’

शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेट गर्नु भएको थियो । डा.किसिलाई भेट्दा सामाजिक दूरीसहित स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको उहाले बताउनु भयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?