सामाजिक अभियन्ता यादवद्वारा बहुदरमाई नगरपालिकामा राहत बितरण

५ years अगाडी teraibulletin

सामाजिक अभियन्ता यादवद्वारा बहुदरमाई नगरपालिकामा राहत बितरण

पर्सा १० असोज –पर्साको बहुदरमाई नगरपालिकामा सामाजिक अभियन्ता विजय यादवले आफ्नो व्यक्तिगत लगानिमा राहत बितरण गर्नु भएको छ l बिश्व संगै नेपालमा पनी कोरोना भाइरसले आतन्क मचाई रहेको बेला कोरोना संक्रमणको दरलाई रोकन गरिएको लकडाउन र पटक पटक लगाईएको निषेधाज्ञाका कारण दैनिकी ज्यादारी खानेलाई समस्या भएपछि यादवले आफ्नै व्यक्तिगत लगानिमा अति प्रभाबितलाई राहत बितरण गर्नु भएको छ l

सरकारले कोरोना संक्रमणबाट बाच्नको लागी गरेको लकडाउनले प्रभाबित भएका बहुदरमाई नगरपालिका वडा नम्बर ६ गम्हरियाका २० घर परिवारलाई राहत स्वरूप प्रति परिवारलाइ १५ किलो चामल , ५०० ग्राम स्वाविन , १ किलो चाना , र १ किलो नून बितरण गरिएको सामाजिक अभियन्ता यादवले बताउनु भयो l मात्र २० जना प्रभाबित भएका व्यक्ति सम्पर्कमा आएपछि तत्काल उनीहरुलाई राहत स्वरूप खाद्यान म आफै आफ्नो खर्चमा उपलब्ध गराएको बताउनु भयो l

:-कसरी आए प्रभाबित सामाजिक अभियन्ता यादवको सम्पर्कमा-:

सामाजिक अभियन्ता यादवले गत भादौ ७ गते सार्वजनिक रुपमा नै बहुदरमाई नगरपालिकामा कोही प्रभाबित छन भने आफ्नो सम्पर्कमाँ आउन आग्रह गर्नु भएको थियो l त्यस लगतै प्रभाबित भएका ब्यक्तिहरू एका एक यादवको सम्पर्क आउन थाले , २० जनाको संख्यामा पुगेपछि प्रति परिवारलाइ राहत बितरण गरिएको उहाले बताउनु भयो l उहाले कोरोनको धरापमा परेका पीडितलाइ कुनै किसिमको सहयोगको आवश्यकता छ भने आफुलाई सम्पर्क गर्नु पर्ने बताउदै पीडित नागरिको प्रत्यक्ष सम्पर्क रहीरहन उहाले आफ्नो मोबाइल नम्बर नै  सार्वजनिक गर्नु भएको थियो l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?