काठमाडौँ ११ असोज – कोरोना संक्रमणबाट बाच्नको निमित सरकारले गरेको लकडाउन र लगाउदै आएको निषेधाज्ञाका कारण पर्यटन व्यवसाय नराम्रो संग प्रभाबित हिउदा जीवननै चलाउनमा कठिनाई भएको भन्दै सो क्षेत्रका मजदुरहरू आन्दोलित भएका छन l सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।
पर्यटन मजदुर संघर्ष समितिले आइतबार पर्यटन बोर्ड अघि नाराबाजीसहित प्रर्दशन गरेको छ । उनीहरुले पर्यटन मजदुरको सुरक्षा तथा रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् । आन्दोलित पर्यटन मजदुरले आफूहरुको हितमा पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग गरी नारा पनि लगाएका छन् ।मजदुरहरु माइतीघर मण्डलाबाट नाराबाजीसहित पर्यटन बोर्ड गएका हुन् ।
नेपालको पर्यटन क्षेत्रको रक्षाका लागि सरकारले काम गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।पयर्टन व्यवसाय गएको चैतदेखि नै ठप्प रहेको छ। यसले गर्दा पर्यटन क्षेत्र नै बन्द हुने र आफूहरुको रोजीरोटी नै सदाका लागि खोसिने अवस्था आएकाले आन्दोलन गर्नु परेको उनीहरुले बताएका छन् ।उनीहरुले आइतबार पर्यटन दिवस भए पनि आफूहरुका लागि यो कालो दिन रहेको भन्दै नाराबाजी गरेका हुन्।