सवारी दुर्घटनामा परी एकै परिवारका तिन जनाको मृत्यु

५ years अगाडी teraibulletin

सवारी दुर्घटनामा परी एकै परिवारका तिन जनाको मृत्यु

बारा १२ असार –बाराको निजगढमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढमा सडक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको हो । आइतबार पूर्वबाट पश्चिम तर्फ गइरहेको बसले साँझ करिब ५ बजेको समयमा स्कूटीलाई ठक्कर दिदा निजगढ वडा नं १० का एकै परिवारका तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

ना४ख ७२४४ नम्बरको बसले प्रदेश २–०३–००४ प ४४४२ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।स्कूटीमा सवार निजगढ नगरपालिका वडा नं. १० लाल निवासी तिर्थमान स्याङ्गतान, निजकी श्रीमति ज्योति स्याङ्गतान र निजहरुको एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।ठक्कर दिने बसका चालक फरार रहेका छन्, भने दुर्घटना भएका सवारी साधनलाई ईलाका प्रहरी कार्यालय, सिमरा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?