बिराटनगर १४ असोज –कोरोना संक्रमणबाट थप दूई जनाको मृत्यु भएको छ l सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज ४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको हो।प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार अशाेज ९ गते कोभिड १९ पोजिटिभ देखिएका बिरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासमा अधिक समस्या रहेको थियो।
यसै बिच विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीका हरिनगरा–२ का ५० वर्षीय पुरुषको बिहान करिब ७:३० बजे मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएको थियो ।