पर्सामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

पर्सामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा १४ असोज समाज –पर्सामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा मंगलबार राति पर्साका १ सय २९ जनाको परिक्षण गर्दा नारायणी अस्पतालको क्वाटरमा बस्ने एक जना स्वास्थ्यकर्मी, वीरगञ्ज घण्टाघर नैजिकै रहेको आर्मी ब्यारेकका ४ जना आर्मी जवानसहित थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

पर्सामा संक्रमण पुष्टि भएका अन्य सबै वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चार र वडा नम्बर ६, ११ र १५ मा एक/एक जना संक्रमित थपिएका छन् ।

त्यसैगरी छिमेकी जिल्ला बारामापनि पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ ।थपिएका संक्रमितमध्ये बारागढी गाउँपालिका वडा नम्बर १ र ४ मा एक/एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ४ मा एक जना, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा एक जना र परवानीपुर गाउँपालिकामा एक जनागरी पाँच जनामा रहेका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?