बाबरी मस्जिद तोडफोडको सबै आरोपित अदालतबाट सफाइ पाए

५ years अगाडी teraibulletin

बाबरी मस्जिद तोडफोडको सबै आरोपित अदालतबाट सफाइ पाए

काठमाडौं १४ असोज –लखनउको विशेष अदालतले बाबरी मस्जिद तोडफोडका आरोपित सबै जनालाई सफाइ दिएको छ ।
घट्ना घटेको २८ वर्षपछि बुधबार अदालतले मुद्दाको फैसला सुनाउँदै आरोपित वीजेपीका वरिष्ठ नेताहरु एलके आडवाणी र मुरली मनोहर जोशीलगायत ३२ जनालाई सफाइ दिएको हो ।

न्यायाधीश एसके यादवले योजनाबद्ध रुपमा नभई अचानक रुपमा मस्जिद तोडफोड भएको देखिएको हुँदा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएका छन् । यस मुद्दामा ४८ जनामाथि आरोप लगाइएकोमा १६ जनाको यसअिघ नै मृत्यु भइसकेको छ । सन् १९९२ को डिसेम्बर २ मा अयोध्यास्थित बाबर मस्जिदलाई एउटा ठूलो भीडले भत्काएपछि भारतभर हिन्दू–मुश्लिम दंगा फैलिएको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?