प्रदेश दूईको तिन जिल्लाको थप ३० जनाम कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

प्रदेश दूईको तिन जिल्लाको थप ३० जनाम कोरोना संक्रमण पुष्टि

पर्सा १५ असोज –थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ l पर्साको नारायणी अस्पतालकोलेबमा पीसीआर परिक्षण गर्दा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्प्तालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनु भयो l बुद्धवार राती अबेर गरिएको पीसीआर परिक्षण गर्दा १० जना महिला सहित ३० जनाम कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताउनु भयो l थपिएका संक्रमितहरू ९ बर्षीय बालकदेखि ६९ वर्षीय बृद्धा समेत रहेको नारायणी अस्पतालले जनाएको छ l

प्रदेश दुईको तिन जिल्ला पर्सा , बारा , रौतहट बाट ल्याएको स्वावको नमूना परिक्षण गर्दा पर्साका २४ बाराका ३ रौतहटका २ र सर्लाहिका एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ l संक्रमणपुष्टि भएका पर्साको सबी जना बीरगंज महानगरपालिकाको नै रहेको डा.चौरसियाले बताउनु भयो l डा.चौरसियाका अनुसार बीरगंज महानगरपालिका वडा नम्बर  ४, ११, १२, १५, १९, २४ का एक-एक जना, वडा नं. १३, १४ का ४-४ जना, वडा नं. २ र १६ का २-२ जनामा संक्रमित भेटिएकाे जिल्ला प्रशासन कार्यालयका पर्साले जनाएकाे छ ।

वीरगंज महानगरपालिका कै ६ जना संक्रमितकाे वडा खुल्न नसकेकाे जिल्ला प्रशासन कार्यालयका अधिकृत विनय श्रीवास्तवले वताए ।  बाराकाे महागढीमाई नगरपालिका, कलैया उपमहानगरपालिका र प्रसाैनी गाउँपालिकाकाे एक-एक जना संक्रमित भएका छन् । राैतहटकाे कटहरिया नगरपालिका र फतुवा विजयपुर नगरपालिकाकाे एक-एक जनामा संक्रमण देखिएकाे छ । त्यसैगरी, संक्रमण पुष्टि हुनेमा सर्लाहीकाे बसबरिया गाउँपालिकाकाे एक जना रहेकाे डा. चाैरसियाले जानकारी गराउनु भएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?