कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

५ years अगाडी teraibulletin

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पर्सा १५ असोज – कोरोना संक्रमणबाट बीरगंजमा थप एक जनाको मृत्यु भएको  छ l मृत्यु हुनेमा रौतहटको ईशनाथ नगरपालिका वडा न.४ महूलियाका ७४ बर्षीय पुरुष रहेको बताईएको छ l  उनको उपचारको क्रममा नेशनल मेडिकल कॉलेजमा विहिबार बिहान ८:२५ बजे मृत्यु भएको अस्पतालका संयोजक डा.असरफ हुसेनले बताउनु भयो l  मृतक बृद्धामा गत असोज ८ गते कोरोना संक्रमण पुष्टि भएपछि ९ गते उनलाई नगवा स्थित रहेको बाबा होटलमा बनाइएको अस्थायी कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको थियो l उनी मुटु रोगबाट समेत ग्रसित रहेको र उनको उपचारको क्रममा मृत्यु भएको उहाले बताउनु भयो l

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?