बीरगन्ज, १५ असोज –पर्साकाे बीरगन्ज महानगरपालिका वडा नं १६ देव पार्टि प्यालेसबाट बुधबार पक्राउ परेकाहरूलाइ प्रहरीले सार्वजनिक गरेकाे छ । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै परिक्षा सञ्चालन गरिरहेकाे अवस्थामा २७ जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा संचालन भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएकाे प्रहरीकाे टाेलिले २७ जनालाइ नियन्त्रणमा लिएकाे थियाे ।
बारा, पर्सा र सर्लाहीका परीक्षार्थी २१ जना र परीक्षा सञ्चालनमा सहयोग गर्ने ६ जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे हाे। परिक्षार्थी ठगि गरि परिक्षा सञ्चालन गर्ने बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ निवासी अजय कुमार राय, जितपुर सिमरा वडा नं ५ बस्ने हिरालाल महताे, २८ वर्षिय बसन्त चाैधरी, बीरगन्ज महानगरपालिका वडा नं १६ बस्ने २१ वर्षिय रवि कुमार चाैरसिया, वडा नं २७ रानिघा निवासी रामजी चाैरसियालाइ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्रहरी निरीक्षक हुँद भनी परिचय दिँदै हिँड्ने अजय कुमार रायलाइ नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान-२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २७ थान सहित प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ । परिक्षार्थीहरूसँग ३ लादभन्दा बढि रकम असुली गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । साभार नेपालपोष्ट डेली
फोटो;ankush डेली बाट