बलात्कार अभियोगमा एक वडासचिव पक्राउ

५ years अगाडी teraibulletin

बलात्कार अभियोगमा एक वडासचिव पक्राउ

महोत्तरी १५ असोज –दलित महिलाई बलात्कार गरेको आरोपमा महोत्तरीका एक जना वडासचिव पक्राउ परेका छन l जिल्लाका भंगहा नगरपालिका-९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दुनु भएको छ ।

सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी केसीले बताउनु भयो। महिलाले बजारबाट घरतर्फ जाँदै गर्दा मदिरा सेवन गरेका यादवले जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएकी छन् ।महिलाको मेडिकल जाँच गराउने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?