पर्सा १६ असोज – वीरगन्जको नारायणी प्रयोगशालामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहिबार राति गरिएको पिसीआर परीक्षणमा ९ जना महिला र २४ जना पुरूष गरी ३३ जनामा संक्रमण देखिएको हो।
बिहिबार राति २ सय २ जनाको स्वाब परीक्षण गर्दा ३३ जनामा संक्रमण पाइएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए। उनका अनुसार संक्रममितमध्ये पर्साका २३ जना, बाराका ९ जना, सर्लाहीका एकजना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा कलैयामा २ जनामा संक्रमण थपिएको छ ।
कोल्भी नगरपालिका वडा नम्बर ४ का एक जना ,पचरौता गाउँपालिका वडा नम्बर १ मा एक जना , बारागढि गाउँपालिका वडा नम्बर १ मा एक जना , सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का एक जना , निजगढ नगरपालिका वडा नम्बर ४ मा एक जना र महागढिमाई नगरपालिका वडा नम्बर ९ का एक जना संक्रमण पुष्टि भएको छ ।