कोरोना संक्रमणबाट थप तिन जनाको मृत्यु

५ years अगाडी teraibulletin

कोरोना संक्रमणबाट थप तिन जनाको मृत्यु

रुपन्देही १६ असोज – कोरोना संक्रमणबाट दुई जिल्लामा थप तिन जनाको मृत्यु भएको छ l रुपन्देही र कैलालीमा कोरोना संक्रमणबाट थप तीज जनाको मृत्यु भएको जनाईएको छ l रुपन्देहीको रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

यसैबीच बुधबार मृत्यु भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. ८ का ४२ वर्षीय पुरुषको हिजो साँझ बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको थियो । कोरोना परीक्षणको आज आएको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो ।

उता सेती प्रादेशिक अस्पताल धनगढीको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएकी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १२ की एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गएराति मृत्यु भएकी ३० वर्षीया महिलाको मृत्युपछि लिइएको स्बावको नमूना परीक्षण गर्दा आज कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो। यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?