पर्सा १९ असोज- पर्साको जगरनाथपूर गाउपालिकामा तिन जनाको घरमा आगलागी भएको छ l जगरनाथपूर गाउपालिका वडा नम्बर ३ का मुना राउतको गरमा लागेको आगो सलक्दा त्यही ठाउका कबानी खातून र साबुल राउत गद्धिको घरमा आगलगी भएको प्रहरीले जनाएको छ l आगलगी बाट तिनै जनाको घर पूर्णरुपमा जलेर नष्ट हूदा अन्दाजी ४ लाख बराबरको क्षति भएको प्रहरी चौकी पाणेपुरले जनाएको छ l
स्थानीय मुना राउत गद्दीको घरमा गएरातिमा खाना पकाउन बालेको आगो त्यत्तिकै छाडेकाले त्यही आगो पुरै घरमा सल्किएको हो । बिहान ४ बजे सल्एिको आगो गाउँबासी प्रयासमा नियन्त्रणमा आएको थियो। आगलागीमा परेर दुई वटा भैंसी समेत जलेर नस्ट भएको प्रहरी चौकी सहायक निरीक्षक आदर्श खतिवडा जानकारी दिनुभयो ।