जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–६ स्थित एक पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा जनकपुरधाम–४ निवासी ४५ वर्षीय रविन लाल कर्ण रहेका छन्।
प्रहरीका अनुसार कर्ण आइतबार दिउँसो पोखरीमा डुबेका थिए। घटनाको थप विवरण खुलाइएको छैन भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।