डिएसपीको गाडीले कोशीका सांसद चढेको सवारी ठक्कर दियो

१ महिना अगाडी न्युज डेस्क

डिएसपीको गाडीले कोशीका सांसद चढेको सवारी ठक्कर दियो

मोरङ, ५ जेठ — कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई नेपाल प्रहरीका एक डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ।

सोमबार दिउँसो मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा झापातर्फ गइरहेको बा ५ च ३५३० नम्बरको कारले विपरीत दिशाबाट आइरहेको सांसदहरू सवार बिएई १४०६ नम्बरको गाडीमा ठक्कर दिएको हो। ठक्कर दिने गाडी जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्का स्वयंले चलाइरहेका थिए।

सांसदहरू सवार गाडीमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ थिए।

दुर्घटनामा सबै सांसद सामान्य घाइते भएका छन्। सांसद मैया श्रेष्ठका अनुसार एक सांसदलाई केही बढी चोट लागेको भए पनि अन्य सबैको अवस्था सामान्य छ। श्रेष्ठले आफू हाल निवासमै आराम गरिरहेको जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?