गभर्नर प्रकरणमा रस्साकस्सी, मन्त्रिपरिषद् बैठक स्थगित

१ महिना अगाडी न्युज डेस्क

गभर्नर प्रकरणमा रस्साकस्सी, मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । आजका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ।

सरकारका एक उच्च स्रोतका अनुसार बैठक स्थगनको निर्णय गभर्नर प्रकरणसँग सम्बन्धित राजनीतिक समन्वय र छलफल नटुंगिएको कारणले गरिएको हो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल, बहाली वा नयाँ नियुक्तिसम्बन्धी निर्णय अपेक्षित रहेको बताइएको थियो।

यद्यपि, बैठक स्थगनको औपचारिक कारण सार्वजनिक गरिएको छैन। नयाँ मिति र समयबारे जानकारी पछि सार्वजनिक गरिने स्रोतको भनाइ छ।

सरकारभित्र चलिरहेको गभर्नर प्रकरणसम्बन्धी रस्साकस्सीले मन्त्रिपरिषद्को निर्णय प्रक्रियामा प्रभाव पारेको देखिन्छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?