११ जेठ, काठमाडौं ।
आइतबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
शनिबार यो मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमै कारोबार भइरहेको छ।