१३ जेठ, काठमाडौं।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विभिन्न विद्यार्थी र युवासंगठनहरूले काठमाडौंको माइतीघरमा संयुक्त प्रदर्शन गरेका छन्।
मंगलबार माइतीघरमण्डलमा आयोजित प्रदर्शनमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिस्ट लिग (YCL) र युवा संगठन नेपाल सहभागी थिए। उनीहरूले “नालायक गृहमन्त्री राजीनामा दे”, “भ्रष्ट गृहमन्त्री राजीनामा दे”, “दलाल सरकार मुर्दावाद”, “भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गर” लगायतका नारासहित विरोध जनाएका थिए।
यसैबीच, प्रतिनिधिसभाको मंगलबारको बैठक पनि भिजिट भिसा प्रकरणकै कारण अवरुद्ध भयो। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै बैठक चल्न दिएनन्। उनीहरूले भिजिट भिसा काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको मागसमेत गरेका छन्।
उक्त प्रकरणमा गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई यसअघि नै पक्राउ गरिसकिएको छ।
हेर्नुहोस् तस्वीरहरू :