प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस मौन बसेकोमा छक्क छु : शेखर कोइराला

४ हप्ता अगाडी न्युज डेस्क

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस मौन बसेकोमा छक्क छु : शेखर कोइराला

१३ जेठ, काठमाडौं।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफूलाई मात्र केन्द्रित रहेको सुन्दा अचम्म लागेको प्रतिक्रिया दिएका छन्।

“मलाई लागेको थियो, सभापतिजीको घरमा बसेको बैठकमा देशको विषयमा गम्भीर छलफल हुनेछ,” उनले भने, “प्रधानमन्त्रीले १५ जेठमा पार्टी कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिएको जस्तो गम्भीर अभिव्यक्तिमाथि छलफल होला भन्ने अपेक्षा थियो। तर, बैठक त मेरो विषयमै केन्द्रित रहेछ।”

कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले कुनै आधिकारिक धारणा नदिएकोप्रति असन्तोष व्यक्त गरे।
“प्रधानमन्त्री व्यक्ति मात्र होइन, संस्था पनि हो। त्यसैले त्यस पदमा बसेको व्यक्तिको हरेक अभिव्यक्तिले अर्थ राख्छ,” उनले भने।

विराटनगरमा आयोजित नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले थपे, “के कांग्रेस यति बाध्य भइसकेको छ कि प्रधानमन्त्रीले जे गरे पनि चुपचाप छुट दिइरहने?”

उनले पछिल्ला दिनहरूमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सँदै गएकोप्रति गम्भीर चिन्ता पनि व्यक्त गरे।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?