‘जारी २’को छायांकन सकियो, यस्तो छ ‘क्यारेक्टर लुक्स’

७ दिन अगाडी न्युज डेस्क

‘जारी २’को छायांकन सकियो, यस्तो छ ‘क्यारेक्टर लुक्स’

काठमाडौं । ‘जारी : सङ अफ च्याब्रुङ’को छायांकन सकिएको छ । पूर्वी नेपालको पाँचथरमा ३६ औं दिनमा छायांकन टुंगिएको हो ।

यो फिल्म २०८० सालको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । निर्माताले आगामी दशैंमा प्रदर्शन हुने जनाएका छन् । यद्यपि, यकिन मिति भने अहिलेसम्म उल्लेख छैन ।

छायांकन सकिएसँगै निर्माताले दुईजना शीर्ष कलाकारको लुक्स सार्वजनिक गरेका छन् । दयाहाङ राई र मिरुना मगरको लुक्स देख्न सकिन्छ । मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ ।

‘जारी’को अघिल्लो श्रृंखलाले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरै ब्यापार गरेको थियो । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको निर्माता रामबाबु गुरुङ हुन् ।

फिल्ममा विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?