इरानमा १६ नेपाली नागरिक, ५ जना जेलमा

१ मिनेटute अगाडी न्युज डेस्क

इरानमा १६ नेपाली नागरिक, ५ जना जेलमा

काठमाडौँ । सरकारले इजरायलसँग युद्ध गरिरहेको इरानमा १६ नेपाली रहेको जनाएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएको जवाफ दिने क्रममा इरानमा १६ नेपाली रहेको परराष्ट्रमन्त्री ड.आरजु राणा देउवाले जानकारी दिइन् ।

‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ परराष्ट्र मन्त्री डा. राणाले भनिन् ।

उनले भोलि भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी दिइन् । भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको बताइन् ।

११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्री डा. राणाले बताइन् ।
५ नागरिक गैरकानुनी रूपमा जेलमा रहेकाले यही अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको बताइन् ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?