रौतहट । सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवन नगर प्रहरी चौकी अगाडिको सडकबाट लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन्। प्रहरीले विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अनीश विकको साथबाट Nitrazepam-10 लेखिएको ५ पत्ता (५० ट्याब्लेट) र सन्देश परियारको साथबाट पनि त्यही मात्रामा लागू औषध फेला परेको हो। साथै उनीहरूले बोकेको रातो रङ्गको कपडाको झोलाभित्र लुकाइ छिपाइ राखिएको ११० पत्ता (११०० ट्याब्लेट) पनि फेला पारिएको प्रहरीले जनाएको छ।
दुवै युवकलाई लागू औषध सम्बन्धी मुद्दामा नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।