काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ११ महिनाको अवधिमा ठगीसँग सम्बन्धित उल्लेख्य उजुरी प्राप्त भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
यस्तै साउन महिनामा ५८० मध्ये ७४ वटा उजुरीमा मिलापत्र गराइएको छ भने २६ वटा मुद्दा अदालतमा पुगेको छ । मिलापत्रबाट साढे ३ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति भराइएको विभागले जनाएको छ ।
यसैगरी विभागकै प्रहरी शाखामा ५ हजार ३३७ वटा उजुरी दर्ता भएका छन् । जसमा १२ वटा मिलापत्र हुँदा ४ हजार ८७६ मुद्दा फर्छ्योट गरिएको छ । यस्तै ४४९ वटा उजुरी अझै फर्छ्यौट हुन बाँकी रहेको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार साउन महिनामा प्रहरीको मुद्दा शाखामा पनि थप ५२२ वटा मुद्दा दर्ता भएका थिए । जसमा ४४३ वटा मुद्दा फर्छ्यौट हुँदा अझै ७९ वटा मुद्दा बाँकी रहेको छ ।
गत आर्थिक वर्षमा कुल ८ लाख ३९ हजारले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या वृद्धिसँगै वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका घटना पनि बढेका छन् । ठगीबाट बच्न सचेतनामूलक कार्यक्रम चलाउने गरिएपनि घटना भने रोकिन नसकेको सरोकारवालाहरूको भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेको बताइन्छ ।