वीरगन्जमा मत्थर हुँदै हैजा र झाडापखाला

३ दिन अगाडी न्युज डेस्क

वीरगन्जमा मत्थर हुँदै हैजा र झाडापखाला

काठमाडौँ । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुने क्रममा रहेको छ । हैजाबाट निको भई घर फर्किनेको सङ्ख्या बढ्दै गएको छ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा ८६२ जना उपचारपछि घर फर्किसकेका छन् । ७२ जना अहिले पनि उपचाररत छन् ।

नयाँ सङ्क्रमित थपिने क्रम पनि जारी छ । हालसम्म १९३ जनामा हैजा पुष्टि भइसकेकोमा १८२ जना घर फर्किसकेका छन् भने अन्य ११ जना उपचाररत छन् ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?