एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात

२ दिन अगाडी न्युज डेस्क

एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात

एएफसी यू -२३ एसिया कप छनोटको समूह ‘के’को खेलमा नेपालले खराब सुरुवात गरेको छ।

बुधबार राति सकिएको खेलमा नेपाललाई‌ घरेलु टोली ताजिकिस्तानले पराजित गरेको हो।

खेलमा नेपाल ४-० ले पराजित भयो।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो।

ताजिकिस्तानका लागि एजिजबोएबले दुई गोल गरे। उनले खेलको ३९ र ५८ मिनेटमा गोल गरेका थिए।

नेपालले तेस्रो गोल ९० मिनेट र चौथो गोल इन्जुरी

समयमा खाएको थियो।

अब नेपालले शनिबार सिरिया र मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?