रौतहट । रौतहटको कटहरिया नगरपालिकामा करार र दैनिक ज्यालादारी कर्मचारीहरूले बक्यौता तलब–भत्ता भुक्तानीको माग गर्दै गरेको तालाबन्दी १५ औँ दिनमा खुलेको छ ।
बैठकमा सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले तत्काल मेयरले बसाउने बैठकमा कुनै पनि प्रस्तावमा हस्ताक्षर नगर्ने सम्पूर्ण वडा अध्यक्ष र नगर कार्यपालिकाबिच सहमति भएको बताए।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि पहिलो प्राथमिकतामा कर्मचारीहरूको तलब निकासा गर्ने सहमति भएको छ ।
तालाबन्दीका कारण दुईसातादेखि नगरपालिकाका अत्यावश्यक सेवा नागरिकता सिफारिस, सामाजिक सेवा, राजस्व संकलन लगायतका नियमित कामकाजहरू अवरुद्ध भएकोमा आजदेखि सुचारु भएको छ ।



