काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले अहिलेको अवस्थालाई हेरेर बाटोमै शपथ ग्रहण गरेको बताएका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारी बिरामी भएर काठमाडौँ निस्किएपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरी आफूले नै बाटोमै भए पनि नियुक्ति दिइसकेपछि शपथ ग्रहण गराउन आग्रह गरेको उनले बताए ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हिसाबले आफू मुख्यमन्त्री भएको र यो कुनै पूर्वयोजना नरहेको बताए । बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने दाबी उनले गरे ।
मुख्यमन्त्री यादवले नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको स्थितिलाई हेरेर शपथ ग्रहणका लागि आफू बाटोमै पुगेको बताए ।



