धनुषा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेसँगै देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ।
कार्यालयको काम बिहान १० बजेदेखि सुरु हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेहरू बिहान ९ बजेबाटै लाइनमा उभिने गरेका छन्। दर्ताको समयसीमा नजिकिँदै गर्दा दर्ताका लागि आउनेहरूको सङ्ख्या झनै बढेको कार्यालय स्रोतले जनाएको छ।
मतदाता नामावली अद्यावधिक अभियान अन्तिम चरणमा रहेकाले निर्वाचनमा सहभागी हुन चाहने नागरिकहरू दर्ता गर्न कार्यालयमा उल्लेख्य उपस्थिति जनाइरहेका छन्।



