काठमाडौं । आजको भागदौडपूर्ण जीवनमा, हामीले हर समय केही न केही खाइरहेका हुन्छौं । तर कहिलेकाहीँ पेट खाली राख्नु शरीरको लागि वरदान हो । के तपाईंलाई यो कुरा थाहा छ ? प्राचीन समयमा जब मानिसहरू उपवास बस्ने गर्थे यसले उनीहरूको पेटलाई स्वस्थ राख्नुका साथै रोगहरूसँग लड्न शरीरलाई बलियो पनि बनाउँथ्यो ।
खाना नखाँदा शरीरलाई के हुन्छ ?
डिटक्सः लामो समयसम्म भोकै बस्दा शरीरलाई पाचनबाट विश्राम दिन सकिन्छ र शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू हटाउन मद्दत मिल्छ । उपवासले अटोफेजी भनिने प्रक्रियालाई सक्रिय बनाउँछ, जसमा शरीरले पुरानो र क्षतिग्रस्त कोषहरूलाई तोडेर नयाँ कोषहरू सिर्जना गर्छ, जसले गदर्दा शरीरलाई रोगहरूबाट बचाउँछ ।
तौल नियन्त्रणः लामो समयसम्म भोकै बस्दा शरीर ऊर्जाको लागि बोसो प्रयोग गर्न बाध्य हुन्छ । जसले गर्दा बिस्तारै बोसो पग्लिन्छ अनि तौल घट्न सक्छ । तौल घटाउनुको साथै लामो समयसम्म भोको बस्दा पेटलाई राहत मिल्न सक्छ । शररीरलाई ग्यास र एसिडिटी जस्ता समस्याहरूबाट टाढा राख्न मद्दत मिल्छ ।
मस्तिष्कः उपवासको समयमा, मस्तिष्कले मस्तिष्क–व्युत्पन्न न्यूरोट्रोफिक फ्याक्टर भनिने प्रोटिनको स्तर बढाउँछ, जसले नयाँ मस्तिष्क कोषहरू सिर्जना गर्नमा मद्दत गर्दछ, जसले ध्यान केन्द्रित गर्ने क्षमता बढाउन र दिमागलाई हल्का महसुस गराउन सक्छ ।
(अस्वीकरणः सल्लाह सहितको यो सामग्री सामान्य जानकारीका लागि अनलाइन सामाग्रीहरूबाट तयार पारिएको हो ।)



