महोत्तरी । नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै जिल्लाभित्र स्थायी ठेगाना भएका घाइतेहरूलाई सक्कल नागरिकता प्रमाणपत्रसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, “गृह मन्त्रालय (राहत तथा तथ्याङ्क व्यवस्थापन शाखा) बाट प्राप्त निर्देशन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरण अनुसार जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण गरिनुपर्ने भएकाले सम्बन्धित व्यक्तिहरूले कार्यालयमा सम्पर्क गरी आफ्नो परिचयपत्र प्राप्त गर्नुपर्नेछ।”




