मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हट्दै

६ दिन अगाडी न्युज डेस्क

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हट्दै

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गराउँदा व्यक्तिको जैविक तथ्याङ्क अर्थात ‘बायोमेट्रिक’ दिन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन लागेको छ । राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा यो बाध्यता हटाउन लागिएको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा मतदाता नामावली दर्तालाई थप सहज बनाउन बायोमेट्रिक दिन कार्यालय पुग्नुपर्ने प्रक्रियालाई व्यवस्थित गर्न लागेको जानकारी गराएका थिए । आजदेखि यो प्रक्रिया शुरू गर्ने आयोगको तयारी छ । आयोगका अनुसार राष्ट्रिय परिचयपत्र बनाएकाहरुले नागरिकताको ठाउँमा परिचयपत्र संख्या (आइडी नम्बर) उल्लेख गरेपछि मतदाता नामावलीका लागि ‘बायोमेट्रिक’ दिन आयोगमा पुग्नुपर्

आयोगले राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको बायोमेट्रिक प्रयोग गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई यसले सहज बनाउनेछ । नयाँ व्यवस्थाले राष्ट्रिय परिचयपत्र बनाएकाले मतदाता परिचयपत्रका लागि अनलाइन फारम भरेपछि फोटो खिच्न तथा बायोमेट्रिक दिनलाई निर्वाचन कार्यालय जानुपर्ने बाध्यता हट्नेछ ।

मतदाता सूचीमा नाम दर्ता गराउन आउँदो ३० गते आइतबारसम्मको समयसीमा बाँकी छ । समयसीमा नजिकिँदै जाँदा नाम लेखाउनेको चाप बढेको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?