धनुषा । मधेस प्रदेश भवन अगाडि सात दलको धर्ना कार्यक्रम यथावत् छ। बिहान ११ बजेसम्म यो धर्ना कार्यक्रम यथावत् रहने नेताहरूले बताएका छन् ।
लोसपाका संसदीय दलका नेता जैनल रायन, जसपा सचेतक रामसिस यादव लगायतका सात दलका नेता कार्यकर्ता धर्नामा उपस्थित रहेका छन् ।
उनीहरुले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति कानुन सम्मत नरहेको भन्दै बदर हुनुपर्ने माग राखेका छन् ।



