जिल्ला प्रशासन रौतहटमा शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण

५ दिन अगाडी न्युज डेस्क

जिल्ला प्रशासन रौतहटमा शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण

रौतहट । जिल्लावासीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय, रौतहटले आज (शनिबार) पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा सञ्चालन गर्ने जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनामा निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हुँदा सेवा सहज बनाउन शनिबारसमेत सेवा खुला राखिने उल्लेख गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीद्वारा हस्ताक्षरित सूचना मार्फत कार्यालयले सर्वसाधारणलाई शनिबार नियमित कार्यालय समयभित्र आई आवश्यक विवरण दर्ता गराउन अनुरोध गरेको छ।

जिल्ला प्रशासनका अनुसार सेवा विस्तारले विशेषगरी व्यस्त समयका कारण कार्यदिवसमा उपस्थित हुन नसक्ने नागरिकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?