रौतहट । रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा शनिबार मध्यराति चोर समूहले एकै रात दुई घरमा सुरुङ खनेर प्रवेश गरी झण्डै १२ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको छ ।
सोही क्रममा चोर समूहले छिमेकी दुखा राउत कुर्मीको घर पनि लक्षित गर्दै सुरुङ बाटै प्रवेश गरेको थियो । त्यहाँबाट ४ लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन र कागजातसमेत लिएर फरार भएको सहनीले बताए ।
पीडित चौधरीका अनुसार घटना घट्दा दुवै घरका सदस्यहरू गहिरो निद्रामा थिए । चोरहरूले घरमा रहेको लत्ता–कपडा समेत खेततर्फ लगेर फालेको उनले जानकारी दिए ।
घटनाले स्थानीय बलेरीवासी निकै असुरक्षित महसुस गरिरहेको बताउँदै तत्काल सुरक्षा व्यवस्था कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडामा घटना बारे सूचना पुगेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।



